गृहपृष्ठ पिकअप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते
पिकअप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते
सांकेतिक तस्बिर ।
इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका- ९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को. २ च १५ नम्बरको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो । (रासस)
प्रकाशित समय ०८:३३ बजे

















