गृहपृष्ठ ‘नेपाल विद्या : सिद्धान्त र प्रयोग’ सार्वजनिक

‘नेपाल विद्या : सिद्धान्त र प्रयोग’ सार्वजनिक

नेपालका सबै विश्वविद्यालयहरुमा प्रदान गरिने

लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोग (Nepalology: Principle and Applications)  सार्वजनिक भएको छ । अनुसन्धानकर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीले कृति सार्वजनिक गरेका हुन् ।

शताब्दी वाङमय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको बताए । सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा. एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्ग शमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि डिसेम्बर १ लाई लुम्बिनी कपिलवस्तु दिवसका रुपमा मनाइँदै आएको छ ।

अनुसन्धानकर्ता केदार वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गर्दै लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र सिला खोजेको भाषासमेत देखाइएको छ । ४ सय ४४ पृष्ठको कृतिलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन र वितरण गरेको छ ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु