गृहपृष्ठ एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

#Nepal_Police #नेपाल_प्रहरी

नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बित भएका छन् । एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई मंगलबार निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । उनका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयले उनीहरूलाई निलम्बन गरेको हो ।​

यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) मेघराज प्रसाद चौरसिया पनि निलम्बनमा परेका छन् । प्रवक्ता कुँवरले निलम्बनमा परेका अधिकृतहरूमाथि छानविन थालिएको पनि जानकारी दिए। ‘छानविनका लागि एसएसपी उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ,’ उनले भने ।

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु