गृहपृष्ठ २४ घण्टा नबित्दै श्रीमान-श्रीमतीको मृत्यु

२४ घण्टा नबित्दै श्रीमान-श्रीमतीको मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मंसिर १५ गते मृत्यु भएको थियो ।

फाकफोकथुम गाउँपालिका- ४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मंसिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव संकलनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचाररत उनलाई मंसिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

उपचाररत मगरको पहिले कोरोना संक्रमण पोजेटिभ थियो । यही संक्रमित १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । (रासस)

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु