गृहपृष्ठ एनआइसी एशिया बैंकको मुद्दति खाता अब मोबाइल बैंकिङबाटै
एनआइसी एशिया बैंकको मुद्दति खाता अब मोबाइल बैंकिङबाटै
एनआइसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङमार्फत नै मुद्दति खाता खोल्न सक्नेछन् । डिजिटल बैंकिङको प्रवर्द्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दति खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यस सेवा सुरु गरेको हो । यसअघि बैंकले वेबसाइटमार्फत खाता खोल्नसक्ने सुविधा प्रदान गरिरहेको थियो ।
बैंकका ग्राहकहरुले NIC ASIA MoBank एपमा रहेको Fixed Deposit आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दति खाता खोल्न सक्नेछन् । यस बैंकमा ग्राहकले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दति निक्षेप गर्न सक्ने बैंकले जनाएको छ । वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङमार्फत मुद्दति खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दति निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।
बैंकले ल्याएको यो सुविधाअन्तर्गत स्वचालित पद्धतिअनुरूप ग्राहकले क्षणभरमै मुद्दति खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदर भएको मुद्दति निक्षेपको फाइदा लिन सक्नेछन् । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दति निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्नसक्ने बैंकले विश्वास लिएको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने ग्राहकको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन यो योजनाले सहयोग पुर्याउने बैंकले विश्वास लिएको हो ।
प्रकाशित समय १४:४३ बजे

















