गृहपृष्ठ भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको मृत्यु
भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको मृत्यु
सांकेतिक तस्बिर ।
बेलका नगरपालिका- १ स्थित सबडिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोलाको भरुवा बन्दुक पड्किँदा बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।
उक्त कार्यालयबाट गस्ती गर्ने क्रममा सोही नगरपालिकास्थित बुलबुल सामुदायिक वनमा भरुवा बन्दुकसहित मानिसहरु भेटी लखेट्ने क्रममा भरुवा बन्दुक फाली मानिसहरु फरार भएपश्चात बन्दुक नियन्त्रणमा लिई कार्यालयमा ल्याई बास्तोलाले उक्त भरुवा बन्दुक गाडीबाट निकाल्ने क्रममा एक्कासी पड्कँदा उनको मृत्यु भएको बताइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:३५ बजे

















