गृहपृष्ठ कोभिड-१९ ले प्रभावित अपांगता भएका समुदायप्रति सरकार उदासीन
कोभिड-१९ ले प्रभावित अपांगता भएका समुदायप्रति सरकार उदासीन
कोभिड- १९ महामारीले प्रभावित भएका अपांगता भएका व्यक्तिहरूको राहत, उद्धार र व्यवस्थापनका लागि सरकार उदासीन भएको अपांगता अभियन्ताहरूले बताएका छन् । विश्वभरि अपांगता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा कोभिड महामारीका कारण प्रभावित भएका अपांगता भएका व्यक्तिप्रति संवेदनशीलता कम भएको राष्ट्रिय अपांग महासंघ नेपालले जनाएको छ ।
महासंघका अनुसार कोभिड १९ को माहामारीको कारणले गर्दा केही सानो तिनो रोजगारी गर्दै आएका भएका ४० प्रतिशत अपांगता भएका व्यक्तिले पुरै रोजगारी र आयस्रोत गुमाएका छन् भने ४५ प्रतिशत भन्दा बढीका लागि पाउँदै आएका आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवाहरू अवरूद्ध भएका छन् ।
राहत पाउनुपर्ने पाउनपर्ने अवस्थाका ५४ प्रतिशतले राहत पाउन नसकेका महासंघले जानकारी दिएको छ, यीमध्ये सबैभन्दा धेरै पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्ति प्रभावित भएको महासंघले जानकारी दिएको छ ।
लामो समयदेखि विद्यालय बन्द भएको कारणाले अनलाइन विधिबाट पठनपाठन सुरू गरिएको भए पनि बौद्धिक अपांगता, अटिजम लगायतको अपांगता भएका बालबालिकाले वैकल्पिक विधिबाट शिक्षा लिन नपाएका तथा बहिरा र दृष्टिविहीनका बालबालिकाहरुको लागि पनि प्रविधि र पहुँचमा पुग्न नसकेको महासंघका महासचिव राजु बस्नेत बताउँछन् ।
प्रकाशित समय १२:४५ बजे

















