गृहपृष्ठ स्थानीय तहबाटै मालपोतको सेवा सुरु
स्थानीय तहबाटै मालपोतको सेवा सुरु
मालपोत कार्यालय सुर्खेतले स्थानीय तहबाटै सेवा सुचारु गर्ने भएको छ । कार्यालयमा भिडभाड हुने भएकाले आइतबारदेखि सम्बन्धित स्थानीय तहहरुबाट सेवा सुचारु गर्न लागिएको मालपोत कार्यालयले जनाएको छ ।
कार्यालयको सूचनाअनुसार हरेक हप्ता आइतबार र सोमबार चौकुने गाउँपालिका, लेकबेशी नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकाबाट सेवा प्रवाह हुनेछ । यस्तै, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार वीरेन्द्रनगर नगरपालिकाबाट सेवा प्रवाह हुने मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्रीले जानकारी दिइन् ।
प्रकाशित समय १२:५२ बजे

















