गृहपृष्ठ गैंडाको खागसहित ३ जना पक्राउ, १ फरार

गैंडाको खागसहित ३ जना पक्राउ, १ फरार

pakrau-arrest-newskarobar

बुटवल उपमहानगरपालिका- ८, सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्तबहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका- ४ बस्ने २६ वर्षीय कर्णबहादुर राउत र काठमाडौं महानगरपालिका- १, बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

उक्त होटलमा गैंडाको खाग तस्करी हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट डीएसपीको कमाण्डमा खटिएको प्रहरीले उक्त खागसहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

उक्त कार्यमा संलग्न हाल फरार १ जनाको खोजी भइरहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु