गृहपृष्ठ एटीएम फुटाउँदै गरेको अवस्थामा पक्राउ
एटीएम फुटाउँदै गरेको अवस्थामा पक्राउ
काठमाडौं महानगरपालिका- ३२, मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परका छन् । काठमाडौं महानगरपालिका- ३२, कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त एटीएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वटरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:३७ बजे

















