गृहपृष्ठ अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाही, २८ तालिबानीको मृत्यु
अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाही, २८ तालिबानीको मृत्यु
फाइल तस्बिर ।
अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानी सुरक्षा निकायले गरेको कारबाहीबाट २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो ।
उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिबानी लडाकू मारिएको बताइएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षा बलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार गराएको जानकारीअनुसार शनिबार ती लडाकूहरु मारिएका हुन् । कारबाहीको क्रममा सुरक्षा बलले युद्धविमानसमेत प्रयोग गरेको थियो । कारबाहीको क्रममा एक दर्जनभन्दा बढी लडाकू घाइते भएका जनाइएको छ ।
यस कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको र यस क्षेत्रमा तालिबानविरुद्धको कारबाही भने जारी रहेको बताइएको छ । कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन् । सो सूचनाको आधारमा अफगान सुरक्षा फौजले सो कारबाही गरेको हो । उक्त जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन ।
प्रकाशित समय १३:४६ बजे

















