गृहपृष्ठ कस्तुरीको विनासहित ३ जना पक्राउ

कस्तुरीको विनासहित ३ जना पक्राउ

pakrau-arrest-newskarobar

देवदह नगरपालिका- १०, भलुहीसबाट १ थान कस्तुरीको विनासहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका- २ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देहीको देवदह नगरपालिका- १० बस्ने बागलुङ नगरपालिका- ६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका- ११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।

वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विनासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु