गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार नाघ्यो

कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड- १९)बाट संक्रमित हुनेको संख्या सात हजार नाघेको छ । मंगलबार थप आठ जनामा संक्रमण देखिएपछि प्रदेशभर जम्मा संक्रमितको संख्या सात हजार २९ पुगेको हो ।

प्रदेशका चार जिल्लामा सात र अन्य प्रदेशमा एकजना गरी मंगलबार आठ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुर्खेतमा दुई, सल्यानमा एक, रुकुमपश्चिममा तीन, कालिकोटमा एक र अन्य प्रदेशका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशका विभिन्न आइसोलेसनहरुमा रहेका सक्रिय संक्रमितहरुको संख्या ३ सय ६६ पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार सुर्खेतमा १ सय ६३, दैलेखमा २४, जाजरकोटमा १३, सल्यानमा १ सय २७, रुकुमपश्चिममा पाँच, जुम्लामा १८, कालिकोटमा चार, हुम्लामा ११ र मुगुमा एकजना रहेका छन् । डोल्पामा भने कोरोना भाइरस संक्रमितको संख्या नरहेको कँडेलले बताए ।

मंगलबार नै प्रदेशभर ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ५ सय ३० पुगेको छ । हालसम्म कर्णाली प्रदेशभर कोरोनाभाइरस संक्रमणका कारण २० जनाले ज्यान गुमाइसकेका छन् । जसमा सुर्खेतका ११, दैलेखका चार, डोल्पाका एक, कालिकोटका एक, रुकुमपश्चिमका एक र अन्य प्रदेशका दुईजना रहेका छन् । जसमा पुरुष १४ र महिला छ जना रहेको महाशाखाको तथ्यांक छ ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु