गृहपृष्ठ वर्षा र हिमपातको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने
वर्षा र हिमपातको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षासँगै हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकाले देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुका साथै तराईका अधिकांश भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । जसका कारण शुक्रबार राति देशभर सामान्य बदली रही पहाडी भेगका केही स्थानहरुमा हल्का वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्तै शनिबार र आइतबार सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का वर्षा र हिमपात तथा प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित समय १९:४३ बजे

















