गृहपृष्ठ रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

death-newskarobar

दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा युवको ज्यान गएको प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा मंगलबार बाटामै मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिए ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु