गृहपृष्ठ मंगलबार ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

मंगलबार ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप १ हजार ९ सय ९६ जना कोरोनामुक्त भएका छन् । यसँगै देशभर कोरोना भाइरसबाट निको भई घर फर्किनको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ । मंगलबार कोरोनाबाट थप १४ जनाले ज्यान गुमाएका छन् । यसका साथै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगिसकेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना छ । जसमध्ये ९ हजार ८ सय ८१ जना आइसोलेसनमा र ४ सय ५७ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु