गृहपृष्ठ तराई क्षेत्रमा बाक्लो हुस्सु, चिसोबाट बच्न महाशाखाको अनुरोध

तराई क्षेत्रमा बाक्लो हुस्सु, चिसोबाट बच्न महाशाखाको अनुरोध

अहिले तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तथा पूर्वी तराईका अधिकांश भू-भागमा बिहानीपखदेखि बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ । बिहानदेखिको कुहिरो मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश र प्रदेश न. ५ तराईका अधिकांश भू-भागमा र प्रदेश न. १ को तराईका केही स्थानहरुमा र प्रदेश २ का केही जिल्लाहरूमा हुस्सु/कुहिरो लागेको छ । अहिले सबैभन्दा बढी नेपागञ्ज र कैलालीमा चिसो बढेको छ । नेपालगञ्जमा ६.४ डिग्री सेल्सीयस तापक्रम रहेको छ भने कैलालीको धनगढीमा ७.५ डिग्री सेल्सीयस तापक्रम रहेको छ ।

कुहिरो/हुसु लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरको छ ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु