गृहपृष्ठ रेशम चौधरीसहित ७ जनालाई जन्मकैदको फैसला उच्च अदालतद्वारा सदर
रेशम चौधरीसहित ७ जनालाई जन्मकैदको फैसला उच्च अदालतद्वारा सदर
टीकापुर घटनामा उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै फैसलालाई सदर गरेको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरीसहितका ७ जनाको हकमा जिल्ला अदालतको जन्म कैदको फैसला सदर गरेको हो ।
प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत ७ जनाको हकमा जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो । प्रतिवादी ७ जनाको हकमा भएको फैसलाबारे मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजायसमेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिएको हुँदा सदर हुने ठहर देखिएको भन्दै उच्च अदालतले सदर गरेको हो ।

प्रकाशित समय ०७:५३ बजे

















