गृहपृष्ठ वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी शर्मा ओलीले २३ वैशाखमा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक प्रावधानविपरीत संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सर्वत्र विरोध भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पर्टीका नेता, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाललगायतका दल तथा कानुनविद् एवं सर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।
प्रकाशित समय १२:३६ बजे

















