गृहपृष्ठ संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले सबै रिट संवैधानिक इजलासबाट सुनुवाइ गर्ने गरी पठाउन आदेश दिएको हो । संसद विघटनविरुद्धका १२ वटा रिटमा अब शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले सर्वोच्चमा रिट हालेका छन् ।
त्यस्तै कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्र केसी, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अनिता गौतम पौडेल, दीपक राईलगायतले पनि रिट दायर गरेका छन् । सबै रिटमा संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गर्न माग गरिएको छ ।
प्रकाशित समय १५:०२ बजे

















