गृहपृष्ठ एफएनसीसीआई कर्णाली प्रदेशका पदाधिकारीले गरे सपथ ग्रहण
एफएनसीसीआई कर्णाली प्रदेशका पदाधिकारीले गरे सपथ ग्रहण
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उनीहरुले सपथ ग्रहण गरेका हुन् । ११ सदस्यीय समितिमा सबै सदस्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित सदस्यलाई मुख्य निर्वाचन अधिकृत विवसकुमार बस्नेतले सपथ खुवाएका हुन् । उनका अनुसार पदमबहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा रजवअली मनिहार (जिल्ला, नगरबाट) प्रकाश उप्रेती (एशोसियटबाट) निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा सुधन श्रेष्ठ र सदस्यहरुमा झविराज खत्री, सीताराम कार्की, कविराज कँडेल, कर्णबहादुर खत्री, दीपकराज खड्का, कृष्णप्रसाद कोइराला र नामग्याल तामाङ निर्वाचित भएका छन् । सपथ ग्रहणपछि बोल्दै अध्यक्ष पदमबहादुर शाहीले आफूले सबैको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित समय ०८:१४ बजे

















