गृहपृष्ठ लेकवेशीका तीन सहकारी एकीकृत हुँदै

लेकवेशीका तीन सहकारी एकीकृत हुँदै

लेकवेशी नगरपालिका सुर्खेतमा रहेका तीन वटा सहकारीहरु एकीकृत हुने भएका छन् । नगरको वडा नम्बर-४ दशरथपुरमा सञ्चालित एकै प्रकृतिका सहकारीहरु एकीकृत हुने भएका हुन् ।

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि., शक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. र नवउद्यमशील बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन वटा सहकारीहरु एकीकृत गर्न गत कार्तिक १७ गते सञ्चालक समितिहरुको सामुहिक बैठकसमेत बसेको थियो । सो बैठकको निर्णयअनुसार एक जना सदस्यको एकै प्रकृतिको धेरै सहकारीमा दोहोरो सदस्यता हुने गरेको कारण सहकारी एकीकरण गर्न लागिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक भुवनकुमार ज्ञवालीले जानकारी दिए ।

सहकारी ऐन २०७७ अनुसार एक जना सदस्य एकै प्रकृतिको एकभन्दा बढी सहकारीमा बस्न नमिल्ने भएकाले त्यसको अन्त्यका लागि सहकारीहरु एकीकृत गर्न लागिएको उनले तर्क गरे । व्यवस्थापक ज्ञवालीका अनुसार सहकारीहरुको एकीकरण अवधि २०७७ पौष ११ गतेदेखि २०७७ पौष १८ गतेसम्म तोकिएको छ । सहकारीको नाम भने नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. भनि प्रस्तावना गरिएको छ ।

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु