गृहपृष्ठ ट्राफिक नियमसम्बन्धी सचेतना अभियान
ट्राफिक नियमसम्बन्धी सचेतना अभियान
जिल्ला ट्राफिक कार्यालय, सुर्खेतले ट्राफिक नियमसम्बन्धी सचेतनामुलक अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।
सवारी दुर्घटना बढ्दै गएपछि प्रहरीले अभियानकै रुपमा कार्यक्रम अघि बढाइएको ट्राफिक प्रमुख उपेन्द्र आचार्यले जानकारी दिए । विशेष गरेर वीरेन्द्रनगरमा सवारी साधनको चाप बढ्दो छ । ट्राफिक व्यवस्थापनलाई सहज र सवारी दुर्घटना कम हुने ट्राफिक प्रहरीको अपेक्षा छ ।
आइतबार वीरेन्द्रनगरमा सवारी चालकहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतनामुलक जानकारी दिँदै अभियान सुरु गरिएको ट्राफिक प्रमुख आचार्यले बताए । उनका अनुसार फिल्डमै खटिएर सवारी चालकहरुलाई सचेतना गराइएको हो । अभियानलाई जिल्लाका अन्य स्थानमा पनि सञ्चालन गरिने उनले बताए । सचेतनामुलक कार्यक्रम सवारी चालक, विद्यालय, सरकारी कार्यालय, पैदलयात्रीहरुका लागि लक्षित गरिएको ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।

प्रकाशित समय १८:५५ बजे

















