गृहपृष्ठ संखुवासभामा विप्लव समूहद्वारा संयुक्त गस्ती टोलीमाथि ‘आक्रमण’

संखुवासभामा विप्लव समूहद्वारा संयुक्त गस्ती टोलीमाथि ‘आक्रमण’

संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले संयुक्त सुरक्षा गस्ती टोलीमाथि ‘आक्रमण’ गरेको छ । चैनपुर नगरपालिका- ४, मैदाने पुगेको गस्ती टोलीमाथि आइतबार दिउँसो १:२० बजे विप्लव समूहले फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष बुढाथोकीका अनुसार मैदाने पुगेको सशस्त्र र जनपद प्रहरीको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । घटनाको विस्तृत विवरण आइनसकेको इन्स्पेक्टर बुढाथोकी न्युजकारोबारलाई बताए । जिल्लामा यसअघि पनि सुरक्षा फाैज र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।

यो पनि पढ्नुहोस् :संखुवासभामा विप्लव समूहका कारण सुरक्षा चुनौती !

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु