गृहपृष्ठ पठाओको कार्यालयमा तोडफोड

पठाओको कार्यालयमा तोडफोड

पठाओका असन्तुष्ट चालकहरूले बानेश्वरस्थित कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले सोमबार कार्यालय तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न केही चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले विभिन्न माग राख्दै एक हप्ते अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड सेयरिङबापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्रि हुनुपर्ने, बीपीजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग चालकहरूले राखेका थिए ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु