गृहपृष्ठ एनसीसी बैँकले सुरु गर्यो कर्पोरेट पे
एनसीसी बैँकले सुरु गर्यो कर्पोरेट पे
नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैँकले कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । बैँकले संस्थागत ग्राहकका निमित्त बैँक खाताबाट सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको थालनी गरेको हो ।
त्यसका लागि बैँकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैँकका प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
‘कर्पोरेट पे’ प्रणाली प्रयोग गर्नका लागि बैँकबाट आवश्यक प्रक्रिया पूरा गर्न आवेदन दिनुपर्नेछ । यस प्रणालीबाट आफैँले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानी बैँकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सकिन्छ । बैँकले १२७ वटा शाखा कार्यालय, १०२ वटा एटीएम र ७ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
प्रकाशित समय १४:१९ बजे

















