गृहपृष्ठ केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

फाइल तस्बिर ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बिहीबार सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु