गृहपृष्ठ भोलिदेखि अनलाइन श्रम स्वीकृति खुल्ने
भोलिदेखि अनलाइन श्रम स्वीकृति खुल्ने
भोलिबाट पुन : अनलाइन श्रम स्वीकृति खुल्ने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य भोलि (शुक्रबार)बाट खुला गर्ने जानकारी दिएको हो ।
‘श्रम स्वीकृति लिन चाहने वैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाइन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित समय १२:४० बजे

















