गृहपृष्ठ डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तबीच प्राप्तिसम्बन्धी समझदारी

डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तबीच प्राप्तिसम्बन्धी समझदारी

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्नको लागि प्रारम्भिक समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । प्राप्तिसम्बन्धी समझदारी पत्रमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनाल र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

यसका साथै, रमेशकुमार रघुवंशीको संयोजकत्वमा सयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन गरेर बुधबारकै मितिदेखि लागू हुनेगरी समझदारी भएको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रही देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयमार्फत करिब २ लाख २२ हजारभन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी १ अर्व ५४ लाख रहेको छ । त्यसैगरी, धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी ४० करोड ४८ लाख रहेको र देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयमार्फत ८० हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

दुई वित्तीय संस्था एक भएपश्चात लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने विश्वास लिइएको छ । ग्राहक सदस्यहरुलाई स्तरीय सेवा प्रदान गर्नुका साथै सेयरधनीहरुलाई समेत थप प्रतिस्पर्धात्मक प्रतिफल दिन सक्षम हुने विश्वाससमेत संस्था लिएको छ ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु