गृहपृष्ठ लोडसेडिङसम्बन्धी समाचारको खण्डन गर्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति
लोडसेडिङसम्बन्धी समाचारको खण्डन गर्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति
विभिन्न सञ्चार माध्यममा आएको लोडसेडिङसम्बन्धी समाचारको नेपाल विद्युत प्राधिकरणले विज्ञप्तिमार्फत खण्डन गरेको छ । प्राधिकरणको आन्तरिक प्रणाली सुधार र व्यवस्थापनका क्रममा काठमाडौंका केही क्षेत्रमा लाइन काटिने सूचनाका आधारमा लोडसेडिङ सुरु भएको आशयको समाचार आएको भन्दै प्राधिकरणले खण्डन गरेको हो ।
प्राधिकरणले अहिलेको अवस्थामा देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ । ‘वितरण प्रणाली र सामान्य प्राविधिक कामका लागि लाइन काटिएको भन्दै लोडसेडिङ अन्त्यको घोषणा भइसकेको अवस्थामा अब लोडसेडिङको तालिका आउने अनुमानका समाचारमा कुनै सत्यता छैन,’ प्राधिकरणद्वारा बिहीबार जारी तीन बुँदे विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १८:२१ बजे

















