गृहपृष्ठ अन्नपूर्ण गाउँपालिका ५ का अध्यक्षको निधन
अन्नपूर्ण गाउँपालिका ५ का अध्यक्षको निधन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखका अध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । प्यारालाइसिसबाट थलिएका तिलिजाको शुक्रबार साँझ करिब ६५ वर्षको उमेरमा निधन भएको हो ।
पोखरा महानगरपालिका ११ फूलबारीस्थित निवासमै तिलिजाको निधन गाउँपालिकाले जनाएको छ । उनको शनिबार पोखरामै अन्त्येष्टि गरिने भएको छ । साउनमा अचानक बिरामी भएपछि उनलाई हेलिकप्टरबाट पोखरा लगिएको थियो । तिलिजा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए । तिलिजाका श्रीमती, दुई छोरी र दुई छोरा छन् । उनी २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
प्रकाशित समय ०९:०० बजे

















