गृहपृष्ठ संसद विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्चमा जवाफ पेस गर्दै

संसद विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्चमा जवाफ पेस गर्दै

प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आज जवाफ पेस गर्दैछन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालय र सभामुखलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समय दिएको थियो ।

संवैधानिक इजलासले लिखित जवाफ आइसकेपछि पुस २२ गतेबाट प्रतिनिधिसभा विघटनविरुद्ध दायर करिब डेढ दर्जन मुद्दामा नियमित सुनुवाइ गर्न पेसीसमेत तोकिसकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पुस ५ मा प्रतिनिधिसभा भंग गरी वैशाख ७ र १७ गते दुई चरणमा निर्वाचन गर्न मिति घोषणा गरेकी छन् ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु