गृहपृष्ठ गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार ! २ जना पक्राउ

गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार ! २ जना पक्राउ

२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिनालगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका- १७, ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो ललाई-फकाई प्रलोभनमा पारी २ जनाले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु