गृहपृष्ठ देशभर मौसम बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

देशभर मौसम बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

आइतबार हुम्लामा भएको हिमपात ।

हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । सोही प्रभावका कारण हाल देशभरको मौसममा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान ६ बजे काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने विभागको अनुमान छ ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ को भूभागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राति देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु