गृहपृष्ठ ‘समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गरौँ, जिम्मेवार बनौँ’

‘समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गरौँ, जिम्मेवार बनौँ’

Press Council_NewsKarobar

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताबाहिर रहेर पत्रकारिता नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न मिडियाको समाचारमा मर्यादित प्रेसको भावना नदेखिएको भन्दै काउन्सिलले  सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गर्दै समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न अपिल गरेको छ ।

सत्तारुढ दल नेकपामा देखिएको राजनीतिक विभाजनको असर मिडियामा पनि देखिएको र समाचार तयार गर्दा गालीगलौज तथा एक-अर्काको व्यक्तित्व र आत्मसम्मानको ख्याल नगरिएको भन्दै काउन्सिलले ध्यान दिन अपिल गरेको छ ।

हेर्नुहोस् काउन्सिलको अपिल :

 

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु