गृहपृष्ठ संसद् विघटन गर्ने संविधानको ‘धारा’ खोज्न दिउँसै लाल्टिन
संसद् विघटन गर्ने संविधानको ‘धारा’ खोज्न दिउँसै लाल्टिन
अनेरास्ववियुले बुधबार माइतीघरमा लाल्टिन जुलुस निकालेको छ । संसद् विघटन गर्ने संविधानको ‘धारा’ खोज्न भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षनिकट अनेरास्ववियुले दिउँसै लाल्टिन बालेर जुलुस निकालेको हो ।
जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । ‘नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा छैन । ओली आफैँले धारा बनाएर संसद विघटन गरेका हुन्,’ सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले भने । उनले असंवैधानिक कदम सच्चाउन चेतावनी दिँदै ओली नेतृत्वका सबै मन्त्रीलाई कालो मोसो लगाइने बताए ।
जुलुसमा ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ! असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लागेको थियो ।
प्रकाशित समय १३:४३ बजे

















