गृहपृष्ठ कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

pararastra_mantralaya_newskarobar

नेपाल सरकारले साउदी अरब र कतारबीच सतह, समुद्र र हवाई सिमाना पुनः खोल्न भएको निर्णयको स्वागत गरेको छ ।  खाडी सहयोग परिषद् (जिसीसी) को मंगलबार भएको शिखर बैठकबाट दुई देशबीचको सिमाना पुनः खोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपालले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु‑याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवर्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रलयले बुधबार विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।

प्रकाशित समय ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु