गृहपृष्ठ प्रधानमन्त्री निवासको गेटबाट बालिका खड्का पक्राउ

प्रधानमन्त्री निवासको गेटबाट बालिका खड्का पक्राउ

arrest_पक्राउ_news karobar

बालिका खड्कालाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । प्रधानमन्त्री निवासको गेट पुगेर अभद्र व्यवहार गरेको भन्दै प्रहरीले खडकालाई पक्राउ गरेको हो । यसअघि पार्टीको बैठककै समयमा होहल्ला गर्न पेरिसडाँडा पुगेका बेला पनि उनी पक्राउ परेकी थिइन् ।

काठमाडौं प्रहरीका अनुसार, बालुवाटार गएर जथाभावी कराएको, उफ्रिएको भन्ने आरोप आएपछि अभद्र व्यवहारसम्बन्धी कसूरमा खड्काला पक्राउ गरिएको हो । बालुवाटारमा धर्ना दिन पुगेकी खड्कालाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु