गृहपृष्ठ ट्रक अनियन्त्रित हुँदा एकको ज्यान गयो

ट्रक अनियन्त्रित हुँदा एकको ज्यान गयो

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

माङसेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् ।

राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नं.को गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित समय ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु