गृहपृष्ठ अध्यक्ष दाहाल स्वदेश फिर्ता
अध्यक्ष दाहाल स्वदेश फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरा लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गंगा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित समय १८:२४ बजे

















