गृहपृष्ठ मुक्तिनाथ विकास बैँकको १५.५० प्रतिशत लाभांश पारित

मुक्तिनाथ विकास बैँकको १५.५० प्रतिशत लाभांश पारित

मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा आज पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

यसका साथै आव ०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयरसहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभाले सर्वसम्मत पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

बैंकले कोरोनाभाइरस महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु