गृहपृष्ठ स्रोत नखुलेको ३७ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको ३७ लाख नगदसहित पक्राउ

arrest_पक्राउ_news karobar

चन्द्रागिरी नगरपालिका- २, नागढुंगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेकसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन माडी नगरपालिका- ६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु