गृहपृष्ठ ३० बिगाह जग्गामा लगाएको गाँजा खेती नष्ट
३० बिगाह जग्गामा लगाएको गाँजा खेती नष्ट
फाइल तस्बिर ।
राक्सिराङ गाउँपालिका- १ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाह जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:२६ बजे

















