गृहपृष्ठ सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा तत्कालका लागि बन्द
सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा तत्कालका लागि बन्द
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका लागि तत्काल सेवा नदिने भएको छ ।सर्भरमा आएको समस्याका कारण भन्दै यातायात कार्यालयले अर्को व्यवस्था नहुञ्जेलका लागि स्थगन गरिएको जनाएको छ ।
सो कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्राविधिक कारणले यस सेवा कार्यालयबाट दिइँदै आएको नयाँ थप दर्ता कार्य स्थगन गरिएको छ।’ सोमबार दर्ता गर्न बाँकी रहेका सेवाग्राहीहरूको नयाँ थप दर्ता कार्य अर्को सूचना प्रकाशित भएपछि सुचारु हुने सूचनामा उल्लेख छ ।

प्रकाशित समय १७:४२ बजे

















