गृहपृष्ठ छात्राहरुलाई अश्लील म्यासेज पठाएको आरोपमा प्राध्यापक पक्राउ
छात्राहरुलाई अश्लील म्यासेज पठाएको आरोपमा प्राध्यापक पक्राउ
क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लील म्यासेज पठाएको आरोपमा आरआर क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । प्रहरीका अनुसार ४५ वर्षीय प्राध्यापक विष्णु प्रसाद आचार्य सोमबार पक्राउ परेका हुन् ।
प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लील म्यासेज पठाउने गरेको पीडितहरूको आरोप छ । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई क्याम्पसबाट नै पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले बताए । पक्राउ परेका आचार्यमाथि अभद्र व्यवहारमा मुद्दा चलाई थप अनुसन्धान अगाडि बढाइएको एसएसपी राठोरले जानकारी दिए ।
प्रकाशित समय १३:२६ बजे

















