गृहपृष्ठ संसद विघटनसम्बन्धी रिट : सर्वोच्चमा सुनुवाइ सुरु
संसद विघटनसम्बन्धी रिट : सर्वोच्चमा सुनुवाइ सुरु
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । आजको सुनुवाइ सुरु हुनुभन्दा अगाडि रिट निवेदक तथा नेकपाका नेता देव गुरुङ पनि सर्वोच्चमा पुगेका छन् । यसअघिका सुनुवाइमा वकिलहरुमात्रै उपस्थित थिए ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । यसबारे कहाँ सुनुवाइ हुने भन्ने आज तय हुनेछ ।
यसबीचमा संवैधानिक इजलासको रिक्त न्यायाधीशमा सपना प्रधान मल्ल तोकिएकी छन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए ।
प्रकाशित समय १३:११ बजे

















