गृहपृष्ठ अनलाइनबाटै कर तिर्न मिल्ने गरी एभरेस्ट बैँक र फोनपेबीच सम्झौता

अनलाइनबाटै कर तिर्न मिल्ने गरी एभरेस्ट बैँक र फोनपेबीच सम्झौता

एभरेस्टबैँकले फोनपेसँगको सहकार्यमा एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरू गरेको छ ।एभरेस्ट बैँकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र अर्थ मन्त्रालयका राजस्व सचिवरामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल उद्घाटन गरिएको हो ।

विद्युतीय भुक्तानी प्रणालीले सेवाग्राहीलाई कोभिड महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालय जानुपर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्ने विश्वास गरिएको छ ।एभरेस्टबैँकमा हाल ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकछन् ।बैँकले देशैभरका १०० शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३२ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक बैँकिङसेवा प्रदान गर्दै आइरहेको छ । बैँकका ३३ वटा राजस्व संकलन काउन्टर पनि छन् ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु