गृहपृष्ठ मौलिकता जोगाउन सकेमात्रै नेपालीपनको रक्षा हुन्छ : सभामुख
मौलिकता जोगाउन सकेमात्रै नेपालीपनको रक्षा हुन्छ : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन् । माघे संक्रान्तिका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताए । ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सकेमात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ,’ सभामुखले शुभकामना सन्देशमा भनेका छन् ।
तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आ‑आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उनको सन्देशमा उल्लेख छ । कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघे संक्रान्ति र माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताका साथ मनाउन उनले सबैमा अपिल गरेका छन् । यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पु‑याउने सभामुखको विश्वास छ ।
प्रकाशित समय ०७:०५ बजे

















