गृहपृष्ठ मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्गर्गत कृष्णपुर नगरपालिका ५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनामा परी से. ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिलनजिक बस्ने २५ वर्षीय आशिष जोशी र सूप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ । (रासस)
प्रकाशित समय ०७:२७ बजे

















