गृहपृष्ठ ‘जेलब्रेक’को स्मरणमा पुस्तक वितरण

‘जेलब्रेक’को स्मरणमा पुस्तक वितरण

जेलब्रेकको स्मरणमा जिल्ला कारागार कार्यालय सुर्खेतमा पुस्तक वितरण गरिएको छ । शुक्रबार सुर्खेत जेल ब्रेकका कमाण्डर झकबहादुर मल्ल सहितको समूहले कारागारलाई ५० थान पुस्तक वितरण गरेको हो ।

२०५८ साल माघ २ गते जिल्ला कारागार कार्यालय सुर्खेत तोडेर ३० जना भागेका थिए । सोही दिनको सम्झनामा पुस्तक वितरण गरिएको मल्लले जानकारी दिए । ‘जेलमा हुँदा हामीले आन्दोलन गरी पुस्तकालय स्थापना गरेका थियौं । त्यसैले जेलब्रेकको सम्झनामा आज पुस्तक वितरण गरेका हौं,’ उनले भने । राजनीति, इतिहास र साहित्यसम्बन्धी पुस्तकहरु कारागारलाई वितरण गरिएको जानकारी दिए ।

जनताको न्यायको लडाईं लड्दै गर्दा राज्यले राज्य विरुद्धको मुद्दा लगाई आफूहरुलाई गिरफ्तार गरेको सम्झना गर्दै मल्लले जेल ‘ब्रेक गरेरै भए पनि जनता र पार्टीका बिच जानुपर्छ’ भन्ने उद्देश्यले जेल ब्रेक गरेको सुनाए । उनले भने, ‘हामीले आफ्नो उद्देश्य पूरा गर्न पार्टीमा आस्था राख्ने १५ र अन्य १५ जना जेल तोडरे सकुशल भागेका थियौं ।’

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु